Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ज्योती लाईफको आईपीओ निष्काशन

ज्योती लाईफको आईपीओ निष्काशन

काठमाडौं, २१ फागुन । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ आजदेखि सार्वजनिक निष्काशन भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्काशन गरेको हो ।

कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि छुट्याइएको छ।

यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गरिएको हो ।
उक्त आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x