कञ्चनपुर देखि पूर्व झापा सम्मको ७सय ५० किलोमिटर सम्म निर्माण हुने
हुलाकी सडकको उद्घाटन
धनगढी,पुस ६÷भौताकि पूर्वाधार मन्त्री रमेश लेखब र भारतीय राजदुत रज्जित रेद्धारा धनगढी ,भजनी सत्ती हुलाकी राजमार्गको विहीबार संयुक्त रुपले उद्घाटन गरेका छन् ।
भारत सरकारको अनुदानमा राजमार्गको उद्घाटन समारोहमा सम्बोधन गर्दै मन्त्री लेखकले हुलाकी राजमार्गले तराईका जिल्लाको भौतिक ,सामाजिक एवं आर्थिक विकास गर्ने बताएका छन् ।
मन्त्री लेखकले ः कञ्चनपुर देखि पूर्व झापा सम्मको ७सय ५० किलोमिटर सम्म निर्माण भैरहेको हुलाकी राजमार्गले सीमा क्षेत्रमा बसोबास गर्ने नेपलिी जनताको आर्थिक विकासमा ठूलो कोशे ढुंगा सावित हुने समेत विश्वास गरेका छन् ।
यसैगरि अर्का विशिष्ठ अतिथी एवं भारतीय राजदुत रञ्जित रेले हुलाकी सडक निर्माणले भारत र नेपालको सीमानामा बस्ने नेपालीलाई आर्थिक गतिविधीका साथ साथै विकासको कडिको रुपमा हुलाकी राजमार्ग फलदायी हुने विचार व्यक्त गरेका छन् ।
उनले नेपालमा भारत सरकारले खासगरि शिक्षा, स्वास्थय अनि भौतिक पूर्वाधारको क्षेत्रमा सहयोग गर्दै आईरहेको बताएका छन् ।
जव सम्म समाज शिक्षित हुन सक्दैन तव सम्म विकासले गति निर्माण लिन नसक्ने. भएकाले भारत सरकारले यीं तीन वटा कुरामा सहयोग प्रदान गर्दै आईरहेको बताएका छन् ।
नेपालमा हुने राजनीतिक परिवर्तनले भारत विरोधी स्वरहरु सुनिने गरेका भएपनि नेपालमा विकासले गति लियो भने तीं सबै कुराहरु स्वतहः बन्द हुँदै जान धारणा रेको थियो ।
राजदुत रेले भने—नेपाल र भारतत बिचको बर्षौ देखिको सम्बन्धलाई जे जति विरोध र असन्तुष्टिहरु आएपनि कसैले पनि विगार्न नसकैन बताएका छन् ।
उनले भने— नेपालको विकासका लागि भारतले पञ्चेश्वर जलविधुत आयोजना ,कर्णाली लगायतका क्षेत्रमा जलविद्युत आयोजना पुरा गर्नका भारत सरकारले पहल गरिरहेको बताएका छन् ।
साथै पञ्चेश्वर परियोजना बाट ५ हजार मेघावाट विद्युत उत्पादन भएपछि सुदूरपश्चिम र भारतको उत्तराखण्ड र कुमाउमा समेत ठूलो सहयोग पुग्ने बताएका छन् ।नेपाल र भारतबिच बषौं देखिको धार्मिक, साँसकृतिक एवं धार्मिक सम्बन्धलाई यस्ता खालका विकास निर्माणका कार्यले सम्बन्धलाई बलियो बनाउँदै लैजाने बताएका छन् । नेपालमा राजनीतिक समस्या नभएर विकासको समस्या भएकाले भारतले नेपालको विकासका लागि सदैव सकरात्मक भएर सहयोग गर्ने समेत रेले बताएका छन् ।
कार्यक्रमको अध्यक्षता नेपाल सरकारका भौतिक योजना मन्त्रालयका सचिव धन बहादुर तामाङ्ले गरेका थिए ।
भारतीय राजदुतलाई कालो झण्डा
हुलाकी राजमार्गको उद्घाटनका लागि धनगढी आएका नेपालस्थित भारतीय राजदुत रञ्जित रेलाई नेकपा एमाले निटक युवा संघ र जनमोर्चाका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका थिए ।
हुलाकी सडक उद्घाटन कार्यक्रमस्थल धनगढीको क्याम्पस रोड स्थित उद्घाटन समारोहमा विशिष्ठ अतिथीको रुपमा आसनग्रहण गरिरहेका राजदुत रे र भौतिक योजना तथा निर्माण मन्त्री रेलाई युवाहरुले संयुक्त रुपले कालो झण्डामप्रदर्शन गरेका हुन ।
युवाहरुले कालो झण्डा प्रदर्शन गर्दै भारतीय राजदुत मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नाराहरु समेत लगाएका थिए ।
कालो झण्डा प्रदर्शन गर्ने क्रममा प्रहरीले नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य दिर्घराज जोशी र जनमोर्चा निकट विद्यार्थी उमेश कँडेल लगायतका ६ जनालाई प्रहरीले गिरफतार गरेको छ ।
उद्घाटन समारोहमा भारतीय रामष्ट्रिय गाना बजाएको भन्दै युवा विदार्थीहरु झन आक्राृसित बने पछि केहि बेर कार्यक्रम स्थलमा तनावको स्थित सृजना भएको थियो ।