Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा नबिल बैंकले साथ दिने

महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा नबिल बैंकले साथ दिने

काठमाडौं, २१ फागुन । कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन–प्रकोप जस्ता महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकले साथ दिने भएको छ । नबिल बैंक लगायत विभिन्न संस्थाले कोभिड(१९ महामारी विरूद्ध लड्नका निम्ति एमओएचपी–स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरि स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरेका छन् ।

उक्त पहल नबिल बैंक, एमओएचपी, एशियाली प्रकोप तत्परता केन्द्र९एडीपीसी०, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी) र चौधरी फाउण्डेशनद्वारा गरिएको हो । स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो सार्वजनिक–निजी साझेदारी पहल हो ।

महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ । त्यस्तै, अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीनरप्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएकोे छ ।

दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएका थिए ।

उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतिहरू, अनुभवहरू र शिक्षालाई बाँड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्दछ । र, अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदानप्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मद्दत गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *