Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

७ अर्ब लगानीमा मयुरधाप औद्योगिक क्षेत्र व्यवस्थापनको काम अघि बढ्यो

७ अर्ब लगानीमा मयुरधाप औद्योगिक क्षेत्र व्यवस्थापनको काम अघि बढ्यो

हेटौंडा, २२ फागुन । सरकारले हेटौंडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । संघीय सरकारले करिब ७ अर्ब दुई करोड ३४ लाखको अनुमानित लागतमा औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको हो ।

उक्त औद्योगिक क्षेत्र स्थापनाका तत्कालका लागि सबै व्यवस्थापकीय काम हालको हेटौंडा औद्योगिक क्षेत्रअन्तर्गत व्यवस्थापन कार्यालयले गर्नेछ । नयाँ बन्ने औद्योगिक क्षेत्रमा एकीकृत सेवा पु¥याइने लक्ष्य लिइएको छ । एउटा उद्योगलाई आवश्यक पर्ने सबै खाले कर, उद्योग, भन्सारलगायत अन्य आवश्यक कार्यालयको सेवा कार्यालयसमेत सोही औद्योगिक क्षेत्रभित्र स्थापना गर्ने परिकल्पनासहित मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाइएको छ ।

पञ्चवर्षीय योजनाअनुसार पाँच वर्ष सबै पूर्वाधार निर्माण काम सम्पन्न गर्ने गरी मयुरधाप औद्योगिक क्षेत्र स्थापनाका योजना अघि बढाइएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिएको राससमा उल्लेख छ । पहिलो चरणमा २०० बिघामा फैलिएको जग्गामा सरकारले औद्योगिक क्षेत्र बनाउन लागेको हो ।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा रहेको ३०० बिघा क्षेत्रफलको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

उक्त औद्योगिक क्षेत्रमा पूर्वाधार स्थापनापश्चात् सातदेखि १४ रोपनीको आकारमा ६२ औद्योगिक प्लटको औद्योगिक परिसरमा करीब पाँच दर्जन बढी उद्योग प्लान्ट राख्न सकिने गरी योजना तयार गरिएको छ । औद्योगिक क्षेत्रपरिसरमा ६२ औद्योगिक प्लट छुट्याइएको छ भने छुट्याइएको प्रत्येक प्लटमा सातदेखि १४ रोपनीसम्म जग्गालाई विभाजन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x