Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तीन सातापछि सञ्चालनमा आयो रसुवागढी नाका

तीन सातापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा, २२ फागुन । नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका सञ्चालनमा आएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै शुक्रवारदेखि सामान भित्रिन शुरु भएको छ ।

शुक्रवार चिनियाँ सात वटा कन्टेनरले सामान ल्याएका थिए । मेशिनरी औजार तथा काठका फर्निचर, जुत्ता, तयारी पोशाकजस्ता मालबस्तु आयात भएका र ती सामग्री छिटो भन्दा छिटो काठमाडौँ पठाउन जाँच परीक्षण कार्यलाई समेत तीव्रता दिइएको रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

ल्होसार मान्न सबै कामदार घर घरमा जाने भएकाले बन्द भएको व्यापारिक कारोबार अबका दिनमा निरन्तर हुने भन्सार कार्यालयले बताएको छ । सामग्री परीक्षणका लागि कार्यालयले यथेष्ट जनशक्ति परिचालन गरेको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाइ छ ।

रसुवागढी नाका क्षेत्रमा काम गर्ने भन्सार, अध्यागमन कार्यालयका कर्मचारी, मजदूर तथा ढुवानीका सवारी साधन चलाउने चालकसमेतलाई एक महिना अगाडि नै कोरोनाविरूद्धको भ्याक्सिन लगाइसकिएको भन्दै प्रमुख भन्सार अधिकृत रेग्मीले सीमा क्षेत्रमा अब कोरोनाको आशङ्का नर्गन सबै पक्षसँग आग्रह गरिएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x