Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सिंगटी हाइड्रो इनर्जीको आईपीओ चैत ६ गतेदेखि विक्रीमा आउँने

सिंगटी हाइड्रो इनर्जीको आईपीओ चैत ६ गतेदेखि विक्रीमा आउँने

काठमाडौं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ आगामी चैत ६ गतेदेखि सार्वजनिक निष्कासन हुने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल शेयरमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको र ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने बाँडफाँट गरी बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरीदका लागि छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गर्ने उक्त आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x