Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

क्याथे प्यासिफिकको घाटा २ अर्ब ८० करोड डलर

क्याथे प्यासिफिकको घाटा २ अर्ब ८० करोड डलर

काठमाडौं, २६ फागुन । हङकङको क्याथे प्यासिफिक एयरवेज सन् २०२० मा २ अर्ब ८० करोड डलर घाटा व्यहोरेको छ । यति ठूलो रकम घाटा हुनुलाई कोरोना महामारीले यात्रामा आएको तीव्र गिरावटलाई कारण बताइएको छ ।

क्याथे हङकङको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी हो । गत वर्ष सन् २०१९ मा कम्पनीको घाटा २ सय २० मिलियन डलर थियो । हङकङमा गत वर्षको राजनीतिक उथलपुथलले गर्दा नाफामा प्रभाव पारेको थियो ।

गत अक्टोबरमा क्याथेले आफ्नो सहायक कम्पनी क्याथे ड्रागन पनि बन्द गरेको थियो । त्यसले मुख्यगरी चीन र अन्य एशियाली गन्तव्यहरुमा उडान भर्ने गथ्र्यो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x