कुमारी बैंकको मुद्दति निक्षेपको ब्याज दर बढ्यो
काठमाडौं, २७ फागुन । कुमारी बैंकले मुद्दति निक्षेपको ब्याज दर बृद्धि गरेको छ। चैत १ गतेदेखि लागू हुने गरी बैंकले मुद्दतिको ब्याजदर बढाएको हो।
बैंकले तीन महिनादेखि एक बर्षसम्म अवधिको मुद्दति निक्षेपको ब्याज आधा प्रतिशत बिन्दुले बढाएको हो। ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पुर्याएको छ । यो ब्यक्तिगत मुद्दतिकर्तालाई दिने ब्याज हो। यसअघि ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४।७५ प्रतिशत, ६ महिनादेखि एक बर्षसम्म ५.२५ प्रतिशत, पाँच बर्षसम्मकोमा ६.७५ प्रतिशतसम्म ब्याज थियो ।
अब बैंकले तीन महिनाभन्दा माथिका सम्पूर्ण संस्थागत मुद्दति निक्षेपको ब्याज ७ प्रतिशत पुर्याएको छ।