ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत
काठमाडौं, २ चैत । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । भोलीबाट कम्पनीको शेयर कारोबार खुला हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ १ पैसाभित्र रहेर हुनेछ ।
जीएलएच संकेतमा यसको कारोबार खुला हुनेछ । ग्रीनलाइफको चुक्ता पुँजीका आधारमा कायम कुल १ करोड ८० कित्ता शेयर सूचीकरण गरिएको हो ।