Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार

काठमाडौं, ५ चैत । नेपाल उद्योग वाणिज्य महासंघले महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा अन्तर्राष्ट्रिय लगानी प्रवद्धन समिति विस्तार गरेको छ । महासंघले बिहीबार उक्त समिति गठन गरेको हो ।

समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिलानै तयारी गरि लगानी सम्मेलन गर्न सके बढी फलदायी हुने बताएका छन् । हामीले त्यस्तो तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ । समितिको कार्य क्षेत्रनै मुलुकभित्र अन्तराष्ट्रिय लगानी प्रवद्र्धन रहेकाले यसमा ठोस उपलव्धी हुने गरि समितिलाई केन्द्रीत गर्न सुझाव दिएका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास गरेको बताए । ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई सफलताको शुभ–कामना दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x