Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

कर्णाली प्रदेशले ल्यायो प्रथम पञ्चवर्षीय योजना, जीडीपीमा १८.८ प्रतिशत योगदान पुर्‍याउने लक्ष्य

कर्णाली प्रदेशले ल्यायो प्रथम पञ्चवर्षीय योजना, जीडीपीमा १८.८ प्रतिशत योगदान पुर्‍याउने लक्ष्य

सुर्खेत, ६ चैत । कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ । प्रथम पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०७६÷७७ देखि ०८०÷८१ सम्म विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्य साथ विहीबार सार्वजनिक गरिएको हो । पञ्चवर्षीय योजनाले कुल गार्हस्थ्य उत्पादन बढाउने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ५.७ प्रतिशत रहेकामा आव २०८०÷०८१ मा १८.८ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । समग्र आर्थिक विकासका लागि लक्ष्यमा पुग्नका लागि योजना अवधिमा कुल ५ खर्ब २१ अर्ब ४७ करोड स्थिर पूँजी लगानी आवश्यक रहेकोमा कृषितर्फ ९७ अर्ब १५ करोड, उद्योगमा २ खर्ब ३५ अर्ब ८१ करोड, सेवा क्षेत्रमा १ खर्ब ८८ खर्ब ५१ करोड लगानी आवश्यक रहेको आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले जानकारी दिए । यसका लागि सार्वजनिक क्षेत्रबाट ५३.६६ प्रतिशत, निजीक्षेत्रबाट ४२.६५ प्रतिशत र सहकारी क्षेत्रबाट ३.६९ लगानी हुने अनुमान गरेका छन् । उनका अनुसार प्रदेशको अर्थतन्त्रमा क्षेत्रगत योगदानमा बृद्धि गर्ने पञ्चवर्षीय योजनाको लक्ष्य रहेको छ ।

योजना सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्ती महेन्द्रबहादुर शाहीले विकास सबैको साझा एजेण्डा भएकाले सबै एक ठाउँमा उभिन आवश्यक रहेको औल्याए । लगानी भित्र्याउन बजेटको सही सदुपयोग गर्दै लगानीका लागि वातावरण सिर्जना गर्ने दायित्व सरकारको भएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x