राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान
काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गरेकी छन् । दुईदिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी आज नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत बंगलादेश प्रस्थान गरेकी हुन् ।
समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी उनी त्यहाँ रहदा दुई देशबीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता लगायत कम्तीमा चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।
ढाकास्थित नेपाली दूतवास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने कार्यसूची पनि रहेको छ ।