Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

मुद्दती निक्षेपमा करिब २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा करिब २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको कुल १ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ आगामी वैशाख २ गतेदेखि लागू हुने गरी एक वर्ष अवधिका लागि बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो ।

त्रैमासिक रूपमा ब्याज भुक्तानी हुनेगरी लगानी गर्न लागिएको उक्त रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा सबैभन्दा धेरै १ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ लगानी गर्नेछ । यस्तै विकास बैंकमा २९ करोड ४ लाख र वित्तीय संस्थाहरूमा ९ करोड ६८ लाख रुपैयाँ मुद्दतीमा राख्ने भएको छ ।

केन्द्रीय बैंकले इजाजत प्राप्त एवं बैंकले तोकेका शर्तहरू पूरा गरेका योग्य बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्तावित ब्याजदर समेत खुलाई बैंकले तोकेको शिलबन्दी दरभाउ सम्बन्धी फारम भरेर चैत १८ गते बुधवार २ बजेभित्र वित्त व्यवस्थापन विभागमा बुझाउन सूचित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x