Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गरिमा विकास बैंकद्वारा ‘रहनुहोस् होसियार’ अभियान सुरु

गरिमा विकास बैंकद्वारा ‘रहनुहोस् होसियार’ अभियान सुरु

काठमाडौं, १७ चैत । गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो ‘इन्टरनेट फ्रड/फिसिङ’बारे चेतनामूलक सन्देश “रहनुहोस् होसियार” अभियान सुरु गरेको छ । सामाजिक संजालबाट एक महिना लामो रहनुहोस् होसियार अभियान सञ्चालन गरेको हो ।

यस अभियानअन्तर्गत हरेक दिन यस बैंकले ‘इन्टरनेट फ्रड/फिसिङ’ सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु सामाजिक संजालबाट प्रकाशन गर्दै आएको छ । चिट्ठा परेको छ भन्दै बैकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षणसमेत गरिरहेको बताएको छ ।

हाल बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएम मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x