Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

बैंक अफ काठमाण्डूले पनि ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानीका लागि कार्ड दिन थाल्यो

बैंक अफ काठमाण्डूले पनि ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानीका लागि कार्ड दिन थाल्यो

काठमाडौं, १९ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘ बिओके इकम यूएसडी प्रिपेड कार्ड सेवा’ सुरु गरेको छ। यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो सेवा भारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अनलाईन भुक्तानी गर्न सक्नेछन् । इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन दिनुपर्ने बताइएको छ ।

बैंकको हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *