आइएमई रेमिट सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी
काठमाडौं,२१ चैत । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरे ।
विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । बिहीबार कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा आइएमई रेमिटलाई सम्मान गरेको हो ।
यसको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिएपनि कोभिड–१९ कारण कार्यक्रमहरू गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिक रूपमा हुन सकेको थिएन ।
यसअघि आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौं राष्ट्रिय कर दिवसका अवसरमा बिहीबार आइएमईसहितका कम्पनीहरूलाई सम्मान प्रदान गरिएको छ ।
आइएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो । २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्नेगरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको कम्पनीले जनाएको छ ।