सोमबार नेप्से झिनो अंकले बढ्यो, ७ अर्ब बढीको कारोबार
काठमाडौं, २३ चैत । सोमबार शेयर बजार परिसूचक नेप्सेमा तीब्र उतारचढाव बीच झिनो अंकले मात्र बढेर बन्द भएको छ । बजार खुलेको सुरुवाती चरणमा परिसूचक बढेर २६८० विन्दुसम्म पुगेको थियो । तर त्यसपछिको अवधीमा उतारचढावकाबीच अन्तमा नेप्से १.१३ अंकले मात्र बढेर २६५८.७४ को विन्दुमा रोकिएको छ।
कारोबारमा आएका १३ समूह मध्ये ६ वटा समूहको सूचक घटेको छ भने ७ वटाको बढेको छ । लगानी, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, विकास बैंक र वाणिज्य बैंक समूहको सूचक घटेको छ।
यस्तै कारोबार पनि २ सय १२ कम्पनीको ७ अर्ब २२ करोड ८६ लाख रुपैयाँ बराबरको भएको छ । त्यसमा सबैभन्दा धेरै कारोबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भएको छ। यस कम्पनीको ३४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सोमबार ३ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।