Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चेम्बरमा मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन, घोषणा २८ गते

चेम्बरमा मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन, घोषणा २८ गते

काठमाडौं, २३ चैत । नेपाल चेम्बर अफ कमर्समा राजेन्द्र मल्ल सर्वसम्मत अध्यक्ष भएका छन् । चैत २८ गते मल्ल सहितका पदाधिकारीहरुको घोषणा गरिनेछ।

अध्यक्ष सहित अन्य पदाधिकारी र कार्य समितिमा सबै जना सर्वसम्मत चयन भएका छन् । मल्ल वर्तमान कार्यसमितिको बरिष्ठ उपाध्यक्ष हुन ।

चेम्बरमा ५५ जनाको कार्यसमिति हुने छ । त्यसमा वाणिज्य क्षेत्रबाट १५ जना, उद्योग क्षेत्रबाट ९, जिल्ला चेम्बर अफ कमर्सबाट १५, चेम्बर अफ कमर्सबाट १, वस्तुगत संघबाट ९, संस्थागत उद्योग वाणिज्य संघबाट ३, आबद्ध संघबाट ३ रहने छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा कमलेश अग्रवाल चयन भएका छन् । उनी वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x