Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रुरु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रुरु जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ चैत । रुरु जलविद्युत परियोजनाको आईपीओमा आवेदन दिने मंगलबार (आज) अन्तिम दिन रहेको छ । चैत २० गते शुक्रबारदेखि निष्कासन तथा बिक्री खुला भएको कम्पनीको आइपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओमा चार दिनमा १३ लाख बढी आवेदन परिसकेका छन् । सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख ८ हजार ९८५ जनाले आवेदन गरेका छन् । सोमबार साँझसम्ममा १ करोड ८७ लाख ६५ हजार ६०० कित्ता शेयर माग भएको छ ।

कम्पनीले चैत २० गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।

कम्पनीले कुल निष्कासित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x