Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

२०३० सम्म मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने महासंघको योजना

२०३० सम्म मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने महासंघको योजना

काठमाडौं, २९ चैत । मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने तथा २२ लाख रोजगारी सृजना गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघले १० वर्षे योजनाअन्तर्गत ‘भिजन पेपर २०३०’ सार्वजनिक गरेको छ । शनिवार महासंघको ५५औं वार्षिक साधारणसभामा उक्त भिजन पेपर सार्वजनिक गरिएको हो । महासंघले १० वर्षमा हाल ३४ अर्ब डलर मात्र रहेको नेपालको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने लक्ष्य लिएको छ । यसका लागि १ सय ५० अर्ब डलर लगानी आवश्यक हुने महासंघको अनुमान छ । यसमा १ सय ८ अर्ब डलर निजीक्षेत्रले लगानी गर्नेछ ।

यसका लागि महासंघले १ सय वटा योजना अघि सारेको छ । यस्तै महासंघले कालोबजारी र अन्य सामाजिक अपराध तथा कारबाही ऐन २०३२, राजस्व न्यायाधिकरण ऐन २०६३, सार्वजनिक खरीद ऐन २०६३ लगायत १४ वटा नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएको छ । महासंघले १० वर्षका लागि बनाएको १ सय योजनाका लागि सरकारको सहयोग महत्वपूर्ण रहने जनाएको छ।
सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगानीको वातावरण बनेको भन्दै निजीक्षेत्रका लागि यो भन्दा उत्तम वातावरण अर्को नहुने दाबी गर्नुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x