Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

धनगढीमा क्यूआर कोडमार्फत् रिक्सा भाडा तिर्न सकिने

धनगढीमा क्यूआर कोडमार्फत् रिक्सा भाडा तिर्न सकिने

काठमाडौं, २९ चैत । धनगढीका विद्युतीय रिक्सा चालकहरूलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ। विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरूले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएको हो।

नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्रमका बीच क्यूआर कोड हस्तान्तरण गरेका हुन्। बैंकसँग कारोबार गर्न पाउनु आफूहरूका लागि निकै गर्वको कुरा भएको बताउँदै उनीहरूले मेगा बैंकलाई धन्यवाद दिए। कार्यक्रममा नेपाल राष्ट्र बैंक, सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख निर्देशक सुशील ज्ञवाली, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझा, बजार विभाग प्रमुख बरुण शाह, मेगा बैंक नेपाल लिमिटेड धनगढी शाखाका शाखा प्रबन्धक होमेन्द्र उपाध्यायको उपस्थिति थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *