Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अजोड इन्स्योरेन्सको तेस्रो साधारण सभा सम्पन्न

अजोड इन्स्योरेन्सको तेस्रो साधारण सभा सम्पन्न

काठमाडौं, ७ वैशाख । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार काठमाडौंको त्रिपुरेश्वरमा सभा आयोजना गरेको हो । सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आव २०७६७७ को तेस्रो वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा कम्पनीले ६८ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले हालसम्ममा ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु र १० वटा बीमा काउण्टरहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x