Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयरबजारमा झीनो सुधार, कारोबार रकम भने घट्यो

शेयरबजारमा झीनो सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं, ७ वैशाख । साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजारमा झीनो सुधार आएको छ । यस दिन नेप्से परिसूचक २.६८ अंकले बढेर २६६४.६१ बिन्दुमा उक्लिएको हो ।

मंगलवार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । सोमवार ६ अर्ब ७१ करोडभन्दा बढीको कारोबार भएकोमा यस दिनको कारोबार ५ अर्ब ५३ करोड रुपैयाँमा खुम्चिएको छ ।

मंगलवार २०६ कम्पनीको शेयर कारोबार भएको छ, जसमध्ये सर्वाधिक कमाउनेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यसपछि दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस दिन सर्वाधिक गुमाउनेमा भने समृद्धि फाइनान्स लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयरमूल्य २.२७ प्रतिशतले घटेको छ । यस्तै ओरियन्टल होटल्स लिमिटेडको शेयरमूल्य पनि २.२२ प्रतिशतले ह्रास आएको छ ।

मंगलवार कारोबारका आधारमा भने नागरिक लगानी कोष अग्रस्थानमा छ । कम्पनीको शेयर २१ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ । यस्तै धेरै कारोबार हुने दोस्रोमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । कम्पनीको शेयर १९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x