Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

माथिल्लो तामाकोशीको मुख्य सुरुङ परीक्षण शुरू, पहिलो युनिटबाट यसै महिनादेखि विद्युत् उत्पादन

माथिल्लो तामाकोशीको मुख्य सुरुङ परीक्षण शुरू, पहिलो युनिटबाट यसै महिनादेखि विद्युत् उत्पादन

काठमाडौं, १७ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङको परीक्षण शुरू भएको छ । ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा बिहीवारदेखि पानी छाडेर परीक्षण थालिएको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार १० देखि १२ दिनसम्म सुरुङमा पानी हालेर परीक्षण गरिन्छ । त्यसपछि विद्युत्गृह र अन्य उपकरणको परीक्षण गरिन्छ ।

आयोजनाका अनुसार थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भरिनेछ । यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरूमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका ६–६ वटा टर्वाइन र जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट यसै महिनाभित्र विद्युत् उत्पादन शुरू हुनेछ ।

चालू आर्थिक वर्षभित्रै सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेछ । आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिटहरू छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमश ः विद्युत् उत्पादन हुनेछ ।

२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x