Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोनाको दोस्रो लहर : १५ जिल्लामा पूर्ण, तीन जिल्लामा आंशिक निषेधाज्ञा

कोरोनाको दोस्रो लहर : १५ जिल्लामा पूर्ण, तीन जिल्लामा आंशिक निषेधाज्ञा

काठमाडौं, १७ वैशाख । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा गरिएको छ ।
गृह मन्त्रालयबाट प्राप्त विवरणमा शुक्रवारसम्ममा १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको हो ।

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

सोही अधिकार प्रयोग गर्दै बाँकेलगायत केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले आजबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावयक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञ जारी गरेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो । उक्त आदेश २० गतेसम्म जारी रहने छ । त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ । सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो । आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ ।

काठमाडौं उपत्यकालगायतका ११ जिल्लाले बिहीवार बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेका छन् ।

यसरी आदेश जारी गर्ने काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x