९ महिनामा इन्फ्रास्ट्रक्चर बैंकले ५८ करोड ९२ लाख नाफा कमायो

काठमाडौं, १६ वैशाख । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधीको तुलनामा नाफा रकम १.२४ प्रतिशतले बढेको हो । गत वर्ष ५८ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशत र सञ्चालन नाफा ०.६१५ ले बढेको छ । तर प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ४७ पैसाबाट घटेर ५ रुपैयाँ २ पैसामा सिमित छ।

यस्तै चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको बैंकको रिजर्भ फन्डमा २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *