Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त

काठमाडौं, २ साउन । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

विगतमा नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समयसम्म कार्यरत रहेका ढकाल गत मंसिरमा ५८ वर्षे उमेर हदका कारण सेवा निवृत्त भएका थिए। व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकालले राष्ट्र बैंकमा रहँदा विभिन्न विभागीय प्रमुखको भूमिका निभाउनुका साथै प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।

वित्तीय क्षेत्रको नियमन तथा नीतिगत पक्षमा लामो अनुभव भएका ढकालको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंकले अझ प्रभावकारी सुधार र विस्तारको दिशा लिने अपेक्षा गरिएको छ।

हाल बैंकको सञ्चालक समितिमा अध्यक्षसहित महेश भट्टराई, लक्ष्मण घिमिरे, डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती र डा. सुर्य बहादुर राणा सदस्यका रूपमा रहेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *