Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइ निष्कासन बन्द अगावै विक्री

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइ निष्कासन बन्द अगावै विक्री

कठमाडौं, १६ वैशाख । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धिफण्ड–२ का इकाइहरु तेस्रो दिनमा नै विक्री भएको छ । क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार १ सय २ आवेदकहरुबाट ११२.३० प्रतिशत इकाइका लागि आवेदन परेको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाइ विक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाइ सर्वसाधारणलाई बिक्री गरेको हो । न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको इकाइ खरीदका लागि आवेदन दिने म्याद आज (वैशाख १६ गते) अन्तिम दिन रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x