Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बुधबार ७० आरोहीले सगरमाथा आरोहण गरे

बुधबार ७० आरोहीले सगरमाथा  आरोहण गरे

काठमाडौं, ३० वैशाख । कोरोना संक्रमणको जोखिम उच्च रहे पनि अहिले हिमाल आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधबार मात्रै ७० आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार योसँगै एक सय ८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

विभागका अनुसार वसन्त यामको सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि ४९ आरोही समूहका चार सय १९ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै २६ आरोही समूहका दुई सय ४४ आरोहीले आरोहण अनुमति लिएका छ्न । विभागले सगरमाथा बाहेक अन्नपूर्ण, मकालु, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने अनुमति दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x