Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निषेधाज्ञाको प्रभाव नपरेको आयोजना : नागढुंगा सुरुङमार्ग निर्माण नियमित गतिमा

निषेधाज्ञाको प्रभाव नपरेको आयोजना : नागढुंगा सुरुङमार्ग निर्माण नियमित गतिमा

काठमाडौं, ३० वैशाख । कोभिड नियन्त्रणका लागि हाल देशभर लागू गरिएको निषेधाज्ञाका कारण अधिकांश धेरै क्षेत्र भए पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण भने नियमित गतिमा भइरहेको छ । संक्रमणको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्माण अघि बढाइएको आयोजनाले बताएको छ ।

आयोजनामा ६५० भन्दा बढी कामदार कार्यरत छन् । निर्माणस्थलमा बाहिरबाट सकेसम्म कोही पनि नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

निर्माणस्थलमा २५ जना क्षमताको १० कोठाको आइसोलेशन बनाइएको छ । तीन ठाउँमा २५÷२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति संक्रमित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताए ।

कामदार निर्माणस्थलभित्र नै क्याम्पमा बसेर काम गरिरहेका आयोजनाले जनाएको छ । बाहिरबाट आवतजावत कम गर्दा संक्रमण फैलन सम्भावना कम हुने भएकाले सकेसम्म अरुलाई पनि भित्र बस्ने व्यवस्था मिलाइएको छ । प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) सामान्य अवस्थामा बाहिरबाट आउजाउ गरेकामा अहिले भित्र बस्ने व्यवस्था मिलाएको बताइएको छ ।

आयोजनाका अनुसार निर्माणस्थलमा अहिलेसम्म निर्माण सामग्रीको समस्या छैन । जापानबाट आउनुपर्ने अधिकांश ठूला उपकरण आइसकेका छन् । अन्तिम काम (फिनिसिङ)को केही सामग्री मात्रै ल्याउन बाँकी रहेको आयोजनाले बताएको छ । ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पाेरेशनबीच सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x