Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाडौं, १ जेठ । एनआईसी एशिया बैंकले जुनसुकै समयमा उपभोग गर्न मिल्ने ‘सेल्फ हेल्प’ बैंकिङ्गको अभ्यासलाई मोबाइल बैंकिङ्गमार्फत अघि बढाएको छ । डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्न उक्त सेवाको थालनी गरिएको बैंकले जनाएको छ ।

‘सेल्फ हेल्प’ बैंकिङ्गको अवधारणा अनुरुप बैंकले आफ्ना ग्राहकहरूको लागि मोबाईल बैंकिङमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको हो । यो सेवाअन्तर्गत अब ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबाईल बैंकबाट रेमिट सहज रुपमा पठाउन सक्ने छन् ।

हाल बैंकले ३५२ शाखा कार्यालयहरू, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर र ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x