Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि पाँच कम्पनीको आवेदन

काठमाडौं, ६ जेठ । नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँच कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न आबेदन गरेको थियो । आवेदन दिने अन्तिम दिन हिजोसम्म पाँच कम्पनीले आवेदन दिएको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार अन्नपूर्ण रि, प्रुडेन्सियल रि, काठमाडौं रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनीहरूले समितिमा आवेदन दिएका हुन् । आवेदन माथि थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउँने जनाइएको छ ।

हाल नेपालमा एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी संचालनमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x