Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना नियन्त्रणमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघको आग्रह

कोरोना नियन्त्रणमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघको आग्रह

काठमाडौं, ६ जेठ । नेपालमा कोरोना संक्रमणको महामारी र यसको संक्रमण दर तीव्ररूपमा बढिरहेको सन्दर्भमा यसको नियन्त्रण तथा रोकथामका कार्यमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा क्यान महासंघले जोड दिएको छ । क्यानका महासचिव नारायण थापाले बिहीवार एक विज्ञप्ति जारी गर्दै सरोकारवाला निकायलाई उक्त आग्रह गरेका हुन् ।

‘हाल देशका ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा रहेकोमा यसको कार्यान्वयनको प्रभावकारीता र अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनमा देखिएका समस्या तर्फ क्यान महासंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोगका निम्ति क्यान महासंघ नेपाल सरकार र सम्बन्धित निकायहरूसँग अनुरोध गर्दछ ।’

हाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या (आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको संख्या समेत)हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पताल पुग्दा मन्त्रालयले जारी गरेको सुचना अनुसार नभेटिएकोमा, सुचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत यस्ता सुचनाहरुलाई वास्तविक समयमा आधारित बनाउन क्यान महासंघले सुझाएको छ ।
यसमा प्राविधिक सहयोगका निम्ति क्यान महासंघ सदैव तयार रहेको भन्दै सुचना प्रविधिको प्रयोग र विस्तारको प्रथम प्राथमिकता, जिवन बचाउनका निम्ति हुनुर्ने र करिव १९ महिना अगाडी नेपाल सरकार, मन्त्रिपरिषदबाट पारित भएको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’को कार्यान्वयन सोहि अनुसार हुनुपर्नेमा महासंघले जोड दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x