Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पूर्वाधारको बृहत् विकासका लागि निफ्राको रणनीतिक योजना

पूर्वाधारको बृहत् विकासका लागि निफ्राको रणनीतिक योजना

काठमाडौं, ६ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपालको पूर्वाधार क्षेत्रको दिगो र बृहत् विकासका लागि रणनीतिक योजना अघि बढाउने भएको छ । राष्ट्रिय पूर्वाधारको नीति, प्राथमिकता तथा नेपाल सरकारका विभिन्न निकायसँगको सहकार्यमा रणनीतिक योजना अघि सारिएको निफ्राले बताएको छ ।

आफ्ना योजनाहरू कुनै व्यक्ति वा समूहको हितमा नभई समग्र देशको पूर्वाधारको दिगो विकास लक्षित समेत रहेको र पूर्वाधारको समष्टिगत विकासका लागि निफ्रा साझा संयन्त्र भएको बैंकले बताएको छ ।

निफ्राले ऊर्जा क्षेत्रको विकास लक्षित गर्दै रणनीतिक योजना अघि बढाउन लागेको हो, जसअनुसार नेपालमा उत्पादित विद्युत्को यथोचित माग वृद्धि तथा बजारीकरणका लागि विभिन्न संस्थाहरूको बृहत् सहभागितामा एक विद्युत् व्यापार कम्पनी स्थापना गर्ने र ट्रान्समिशन लाइन सहितको पूर्वाधारमा लगानी गरी ऊर्जाक्षेत्रको समग्र विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको बताइएको छ ।

सो उद्देश्य पूरा गर्न निफ्राले विद्युत् व्यापार कम्पनी स्थापनाको प्रस्ताव गरेको छ । विद्युत् व्यापार कम्पनीलाई बृहत् बनाउन, प्राविधिक सक्षमता र व्यावसायिकता कायम राख्न तथा भविष्यमा आवश्यक ठूलो लगानी वा प्रत्याभूति सजिलै जुटाउन विभिन्न निकाय, बैंक तथा वित्तीय संस्थालाई उक्त कम्पनीमा लगानीकर्ता बन्न निफ्राले प्रस्ताव गरेको छ ।

यसका साथै विद्युत्को समग्र क्षेत्रमा ट्रान्समिसन पूर्वाधार महत्वपूर्ण रहे पनि हालसम्म निजीक्षेत्रको वित्तीय सहभागिता न्यून रहेको भन्दै निफ्राले यसमा आफूले अग्रसर लिएको बताएको छ । विभिन्न मुलुकले विभिन्न चरणमा स्थापना गरेको पूर्वाधार विकास बैंकले गरेका सफल अभ्यास तथा ती बैंकले देशको पूर्वाधार विकासमा पु¥याएको योगदानलाई दृष्टिगत गर्दै निफ्राले समेत पूर्वाधारको नीति तथा प्राथमिकताका आधारमा यस क्षेत्रको दिगो विकामा काम गर्दै आएको निफ्राद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x