जेठ १५ मा बजेट ल्याउन सहज होस भनेर मार्ग प्रशस्त गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रक्रियामा जाँदा जेठ १५ मा बजेट पेश गर्न संबैधानिक व्यवस्थाअनुसार नभ्याउने भएका कारण मार्ग प्रशस्त गरेको बताए। उनले आज सम्पादहरुसँगको अन्तरक्रियामा यस्तो बताएका हुन ।
‘संविधानअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ। त्यस कारण समय लिने सुविधा हामीलाई छैन। समयको चाप र परिस्थितीको हिसावले अपरिहार्य भइसकेका कारण मार्ग प्रस्तत गरेको हुँ।’
यस्तै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भएको अढाइ महिनासम्म प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि नसकेको र किचकिच गर्न पनि नछाडेको टिप्पणी गरे । वैकल्पिक सरकार पनि दिन नसक्ने र काम गर्न पनि नदिएपछि आफूले विश्वासको मत माग्दा राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्युह रचिएको बताए।