Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

पोखराको हेमजामा राष्ट्रिय खाद्य बैंकको सम्पर्क कार्यालय

पोखराको हेमजामा राष्ट्रिय खाद्य बैंकको सम्पर्क कार्यालय

काठमाडौं, ७ जेठ । राष्ट्रिय खाद्य बैंकको थप सम्पर्क कार्यालय पोखराको हेमजामा स्थापना भएको छ । यसअघि खाद्य बैंकले बर्दिया र झापा जिल्लामा आफ्नो बृहत् कृषि परियोजना उद्घाटन गर्नुका साथै सम्पर्क कार्यालय समेत विस्तार गरेको थियो ।

पोखरा महानगरपालिका वडा नं २५ हेमजा मिलनचौक, तिमल्सिना कम्प्लेसमा बैंकले आप्mनो संम्पर्क कार्यालय स्थापना गरेको हो । पोखरा हेमजामा ३५ रोपनी जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सुरु गर्न लागिएको र ३ सय रोपनी जग्गा किसानहरुसँग सहकार्य गरिने बंैकका अध्यक्ष शंकर उप्रेतीले बताए । हेमजावासीलाई राष्ट्रिय खाद्य बंैकले सुरु गरेको व्यावसायिक कृषिअभियान मन परेको र करिब ५ सय जनाले संस्थापक शेयर सदस्य बन्न इच्छक भएको पनि उनको भनाइ छ ।

बैंकमा हालसम्म ५ सय ९० प्रमोटर शेयर सदस्य रहेकोले प्रमोटरको सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भएको, आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने समेत तयारी भएको अध्यक्ष उप्रेतीले बताएका छन् ।
कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैङ्कमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *