Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रतिनिधिसभा पुनः विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन

प्रतिनिधिसभा पुनः विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी छिन् । शुक्रवार राति बसेको मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी हुन् । त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्न सिफारिश गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दिएको समयमा परेका विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओली दुवै दाबी योग्य नभएको भन्दै खारेज गरेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । नयाँ सरकार गठनका लागि कांग्रेस सभापति देउवाले १४९ सांसदको समर्थन रहेको र ओलीले १५३ सांसदको आफूलाई समर्थन रहेको भन्दै प्रधानमन्त्रीको रुपमा नियुक्त गर्न राष्ट्रपति भण्डारीसमक्ष दाबी पेश गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x