Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विकास लक्षित पूँजीगत बजेट ३७ प्रतिशत मात्र खर्च

विकास लक्षित पूँजीगत बजेट ३७ प्रतिशत मात्र खर्च

काठमाडौं, १८ जेठ । चालू आर्थिक वर्ष सकिन डेढ महिना पनि बाँकी नरहँदा सरकारको विकास लक्षित पूँजीगत बजेट खर्च भने निराशाजनक देखिएको छ । सामान्य अवस्थामा समेत पूँजीगत खर्च सुस्त रहने गरेको विगतको परिपाटी रहने गरेकोमा हाल कोभिड महामारी र यसको नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले विकास निर्माणका काम प्रभावित भएका छन् । परिणामस्वरूप पूँजीगत खर्च हुनै सकस भएको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको साढे ११ महिनामा (जेठ मध्य)सम्ममा पूँजीगत बजेट कुल विनियोजनको ३७.७४ प्रतिशत खर्च भएको छ । उक्त अवधिमा विकास बजेट कुल १ खर्ब ३३ अर्ब १७ करोड ६६ खर्च भएको छ । चालू आवमा सरकारले पूँजीगततर्फ कुल ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सोही अवधिमा चालू खर्च भने ६९.१३ प्रतिशत रहेको छ । चालू आवमा चालूतर्फको बजेट ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ रहेकोमा जेठ मध्यसम्ममा ६ खर्ब ५५ अर्ब ९५ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।

यसैगरी वित्तीय व्यवस्थापनतर्फ कुल विनियोजनको ४०.४५ प्रतिशत प्रगति देखिएको छ । सरकारले चालू आवमा वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x