साल्ट ट्रेडिङले चालू वर्षको दोस्रो त्रेमासमा साढे २ करोड खुद नाफा कमायो
काठमाडौं, २३ जेठ । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू आर्थिक वर्ष २०७७–०७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अवधि पनि समाप्त भइसकेपछि कर्पोरेशनले अहिले बल्ल दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
यो अवधीमा खुद नाफा ५.४७ प्रतिशत बढेको छ । २ करोड ५२ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्षको सोही अवधीमा २ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
चालू वर्षमा कम्पनीको आम्दानी २५ प्रतिशत बढेर ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार रुपैयाँ छ । यस्तै कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ०.५४ प्रतिशत बढेर १ अर्ब ३१ करोड ४७ लाख १९ हजार रुपैयाँ कायम भएको छ भने कुल सम्पत्ति पनि ६.४७ प्रतिशतले बढेर ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रुपैयाँ पुगको छ ।