काठमाडौंको भृकुटीमण्डपमा खाद्य मेला सुरु
काठमाडौं, ९ चैत । परम्परागत पोसिला एवं स्थानिय खाद्य पदार्थको प्रवद्धन गर्ने उदेश्यले आजबाट काठमाडौंको भृकुटीमण्डपमा खाद्य मेला शुरु भएको छ । नेपाल सरकार कृषि भुमि प्रविधी तथा नियन्त्रण विभागको आयोजनामा सुरुभएको सो मेलामा काठमाण्डौँ भन्दा बाहिरका जुम्ला, धादिङ, गुल्मी, हेटौडा, रुपन्देही, कपिलबस्तु आदिका जिल्लाहरुको ७४ वटा स्टल रहेको छ ।
परम्परागत स्थानिय खाद्य पदार्थ फापर मकै, कोदो लोप हुदै गएकाले यसको प्रयोगमा वृद्धि ल्याउन यस मेलाले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले जनाएको छ । पोषक तत्वको कमिले नेपालमा कुपोषणकोको संख्या बढेका कारण यस्ता खाद्य पदार्थको पहिचान गरी प्रयोग बढाउन नेपालका हरेक ग्रामिण क्षेत्रमा यस्ता कार्यक्रम गर्न जरुरी रहेको आयोजकले जनाएको छ । मेला तीन दिन सम्म चल्ने छ ।
मेलाको उद्घाटन समारोहमा बोल्दै कृषि भुमि तथा सहकारी मन्त्री चक्रपाणी खनालले नेपालमा भएका असिमित उत्पादनको गुणस्तर पहिचान गरी उपयोय गर्न जरुरी रहेको बताए । उनले यस्ता उत्पादन विदेश निकास गरी विदेशी मुद्रा आर्जन गर्न पनि सकिने बताए । उनले यस्ता बस्तुहरुको गुणस्तर मापन गर्ने दायित्व राज्यको हुदा समस्याको ठोस पहिचान गरी सिप, चेतना र कानुनको नियमन गर्न जरुरी रहेको बताए । कृषिलाइ सहि ढङ्गले प्रवद्धन गरी आधुनिकीकरण गर्न सके आगामी केहि बर्षमा हामी आत्म निर्भर बन्न सक्ने बताए ।