Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय औधोगिक बस्तु तथा प्रविधि प्रर्दशनी

काठमाडौं, १० चैत । राष्ट्रिय औधोगिक बस्तु तथा प्रविधि प्रदर्शनी काठमाण्डौको भृकुटीमण्डपमा जारी छ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा हिजो देखि सुरु भएको प्रदर्शनीमा देशका ७७ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादन भएका बस्तु तथा प्रविधिहरु प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा ३०० स्टलहरु छन । ५लाख दर्शकले अवलोकन गर्ने र ८ लाख रुपैयाँ बरावरको कारोबार हुने आयोजकले जनाएको छ । सो प्रदर्शनी १३ गते चल्ने छ । प्रदर्शनीमा प्राकृतीक रेसाबाट उत्पादित कपडा र बस्तु, स्याउमा आधारीत उत्पादन बाँसका वस्तु , मिथिला आर्ट,छ्वाली आर्ट छाला तथा सावरका सामान, पुर्वेली र पाल्पाली ढाकाका कपडा, वैकल्पीक नविकरणीय उर्जा प्रविधीहरु छन् ।

प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री के.पि शर्मा ओलीले गरेका थिए । उनले समग्र आर्थिक विकासका लागी मुलुकमा औधोगीकरणको विकास हुनुपर्ने र औधोगीक विकासका लागी देशका हरेक क्षेत्रमा लघु घरेलु तथा साना उद्योगको प्रवद्धन विकास र विस्तार हुन अनिवार्य रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x