Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निषेधाज्ञा अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन र सक्ने व्यवसायीले राजस्व बुझाउन निजीक्षेत्रको अपील

निषेधाज्ञा अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन र सक्ने व्यवसायीले राजस्व बुझाउन निजीक्षेत्रको अपील

काठमाडौं, २६ जेठ । निषेधाज्ञा अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन र सक्ने व्यवसायीले राजस्व बुझाउन निजीक्षेत्रले अपिल गरेको छ । बुधवार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाली उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले यस्तो आग्रह गरेका हुन् ।

‘निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुंदा मासिकरूपमा बुझाउनुपर्ने मुल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति
छैन,’ महासंघका अध्यक्ष शेखर गोल्छा, परसंघका अध्यक्ष सतीश मोर र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लद्वार हस्ताक्षतिर विज्ञप्तिमा भनिएको छ, ‘यो विषम अवस्था समेतलाई मनन गरीे कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन हामी सरकारसँग अनुरोध गर्दछौं ।’

व्यवसाय संचालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गतवर्षजस्तै समयमा राजस्व बुझाएर आप्mनो दायित्व पूरा गरी सरकारलाई सहयोग गर्न आग्रह गरिएको छ । अर्थतन्त्रलाई कोभिडको जोखिमबाट जोगाई अगाडि लैजान र बजेटको पूर्ण कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने सुनिश्चतता गराउन समेत उक्त संघसंगठनले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x