स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर विक्रीमा

काठमाडौं, २६ जेठ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सोमवारदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नरहेको कम्पनीले जानकारी दिएको छ ।

बोलपत्र असार २९ गते दिउँसो १ बजे एनआईबिएल एस क्यापिटल, लिमिटेड लाजिम्पाट, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *