Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

राष्ट्रिय वाणिज्य बैंकले व्याज रकममा १० प्रतिशत छुट दिने

राष्ट्रिय वाणिज्य बैंकले व्याज रकममा १० प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई व्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा व्याज बुझाउने कोभिड–१९ बाट प्रभावित ग्राहकलाई निजहरुले बुझाउने प्रचलित व्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त छुट सुबिधाबाट ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका एक लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

यसले गर्दा ग्राहकले नियमितकर्जा भूक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *