Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अप्पर इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्पर इङ्गवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

काठमाडौं, ४ असार । बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत् लिमिटेडबीच अप्पर इङ्गवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । ९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत् आयोजनाको अनुमानित खर्च रु १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा निर्माण कार्य गरिरहेको उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहनेछ ।
आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत् अमरपुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस कर्जा लगानी पश्चात् यस जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै, बैंक अफ काठमाण्डू लिमिटेड नेपालको उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत्) को बिकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रढी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x