Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

सोमबार फराकिलो अन्तरले खस्कियो सेयर बजार

सोमबार फराकिलो अन्तरले खस्कियो सेयर बजार

काठमाडौं, ७ असार । सोमबार पनि शेयर बजार परिसूचक नेप्से ७१.०६ अंकले खस्किएको छ । ८.३७ प्रतिशतले घटेर नेप्से परिसूचक २८३४.४० विन्दुमा झरेको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयर लगानी जोखिमयुक्त रहेको भन्दै लिष्ट निकालेपछि नेप्सेमा गिरावट आउन सुरु भएको हो ।

आइतबार पनि ६३.२८ अंकले घटेको थियो ।

कारोबारमा आएका सबै समूहका परिसूचक कमजोर छ । सबैभन्दा बढी जिवन बीमा समूहको परिसूचक ४५१ अंकले घटेको छ । कारोबार पनि २२७ कम्पनीको ११ अर्ब ८४ करोड रुपैयाँको भएको छ।

सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ३० करोडको कारोबार भएको छ। सोमबार सबैभन्दा धेरै कमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक रहेको छ । बैंकको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै गुमाउनेमा युनिभर्सल पावर कम्पनी रहेको छ । यो कम्प्नीको शेयर मूल्यमा भने ९.४५ प्रतिशतले गिरावट आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x