Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

१० अर्बको विकास ऋणपत्र–२०८४ ‘च’को विक्री आज

१० अर्बको विकास ऋणपत्र–२०८४ ‘च’को विक्री आज

काठमाडौं, ८ असार । राष्ट्र बैंकले ६ वर्षे अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८४ ‘च’को आज (मंगलवार) अपराह्न ३ बजेसम्म बोलकबोलमार्फत विक्री गर्ने भएको छ । राष्ट्र बैंक, राष्ट्र बैंक व्यवस्थापन विभागले विक्रीमा ल्याउन लागेको सो विकास ऋणपत्रको निष्कासन बुधवार (असार ९) गते हुनेछ ।

बोलकबोलको माध्यमबाट ब्याज निर्धारण हुने उक्त परिमाणको ऋणपत्रमा बैंक तथा वित्ती संस्था, गैरवित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै आम नेपालीले लगानी गर्न सक्नेछन् । अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र आर्जित ब्याजमा कर लाग्ने ऋणपत्रको साँवा भुक्तानी २०८४ असार ९ गते हुने यो ऋणपत्र धितो राखेर ऋण लिन÷दिन पाइने विभागले बताएको छ ।

बोलकबोलमा इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् । विभागका अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी लगानीकर्ताका लागि क्रमशः निष्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ ।
यस ऋणपत्रका लागि इच्छुक लगानीकर्ताले घटीमा ५० हजार बढीमा निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकका लागि आवेदन दिन सक्नेछन् । विभागका अनुसार प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र बोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ । इच्छुक बोलवालाले बहुब्याजदरमा समेत बोल लगाउन सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x