Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ गतेदेखि निष्कासन हुने

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ गतेदेखि निष्कासन हुने

काठमाडौं, ९ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ असार १७ गतेबाट विक्री खुल्ला हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित ३ लाख ८५ हजार कित्ता आईपीओ असार १७ गतेदेखि निष्कासन गर्न लागेको हो ।

जसमध्ये ६ हजार ५८ कित्ता अर्थात जारीपूँजीको ०।५ प्रतिशत शेयर कर्मचारीहरुलाई, १९ हजार ४५० कित्ता अथवा कुल निष्कासनको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता शेयरमा सर्वासाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा सर्वसाधारणले छिटोमा असार २१ गतेसम्म र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले इक्रा नेपालबाट ‘इक्रा आईआर एनपी डबल बि’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले प्राप्त गरेको रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ६ गते आईपीओ निष्कासनका लागि स्वीकृति पाएको थियो । आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x