Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

माथिल्लो तामाकोशीको पहिलो युनिटको परीक्षण सम्पन्न, असारभित्रै विद्युत् उत्पादन

माथिल्लो तामाकोशीको पहिलो युनिटको परीक्षण सम्पन्न, असारभित्रै विद्युत् उत्पादन

काठमाडौं, १३ असार । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असारभित्र १५२ मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्नेगरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण सम्पन्न भइसकेको छ ।

यस्तै हाल दोस्रो युनिटको पनि परीक्षणको काम भइरहेको छ । सो युनिटको समेत काम सम्पन्न गर्ने र राष्ट्रिय प्रणालीमा बिजुली जोड्न लागिएको हो । ४५६ मेगावाट क्षमताको सो आयोजना निर्माण शुरू भएको करिब १० वर्षपछि सम्पन्न हुन लागेको हो ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्न आज (आइतवार)देखि १९ गतेसम्म आवश्यक तयारी गर्न लागिएको हो । प्रसारण लाइन व्यवस्थापनको काम अगाडि बढाइएको डा. न्यौपानेले जानकारी दिएका छन् ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सबस्टेशनमा जोड्न लागिएको हो । यसअघि बिजुली ढल्केबर सबस्टेशनमा जोड्ने तयारी थियो ।

नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले शनिवार एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x