Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

युनियन लाइफले आइपीओ जारी गर्न अनुमति पायो

युनियन लाइफले आइपीओ जारी गर्न अनुमति पायो

काठमाडौं, १४ असार । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डका अनुसार कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति दिइएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने भएकाले कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।

आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x